अरुउत्पादनहरु

novaPDF वास्तबमै एउटा शक्तिशाली पिडिएफ निर्माणकर्ता हो। यसलाई तपाईं नेटवर्क प्रिन्टरको रुपमा या टर्मिनल सर्विसमा वा रिमोट डेस्कटप कनेक्सनद्धारा, पिडिएफ लिंकको रुपमा पहिचान गर्न, पिडिएफ वाटरमार्क थप्न अनि इमेल लगायत कैयौं अरु कामहरुको लागि प्रयोग गर्न सक्नुहुन्छ।

novaPDF SDK एउटा टूल हो जसलाई सफ्टवेयर बिकासकर्ताहरुले उनीहरुको एप्लिकेसनमा पिडिएफ फाइल सृजना गर्ने खुबी समेट्नको लागि प्रयोग गर्न सक्छन।

Backup4allएउटा उपयोगी टूल हो जसलाई तपाईं आफ्ना महत्वपूर्ण कागजातहरुलाई सजिलोसंग सुरक्षित गर्न प्रयोग गर्न सक्नुहुन्छ।

उपलब्ध भाषा

English | Arabic | Bulgarian | Chinese Simplified | Chinese Traditional
Czech | Dutch | Finnish | French | German
Greek | Hungarian | Italian | Japanese | Korean
Polish | Portuguese - Brazilian | Portuguese - Portugal | Romanian | Russian
Serbian | Slovenian | Spanish | Swedish | Turkish
Ukrainian | Vietnamese | Macedonian | Norwegian | [...]
RSS मार्फत अपडेटहरु प्राप्त गर्नुहोस।

इमेलद्धारा doPDF को बारेमा खबरहरु प्राप्त गर्नुहोस।

सम्मानहरु& उल्लेख गर्नुहोस

दिनको साइट-आकर्षण
निशुल्क रुपमा जुनसुकै कागजातहरु पिडिएफमा कसरी छाप्ने
Betanews Editor Pick
दिनको साइट-आकर्षण
Softpedia Pick Award

"Was looking for a way to batch plot AutoCAD drawing to pdf files. Was told about your software. Downloaded it today and what a time saver it is for me. Instead of opening 40 drawings one at a time then converting it to a pdf file, I just batch plot them all. Thanks it works just great. Steve N."

doPDF7.2 निशुल्क PDF परिबर्तक

विन्डोज ७, बिस्टा, एक्सपी, २००८/२००३/२०००/सर्बर (३२ र ६४ बिट) का लागि

पैसा नलाग्ने! छिटो! छरितो!

doPDF व्यक्तिगत एबंम व्यापारिक दुवै प्रयोजनको लागि निशुल्क रुपमा उपलब्ध, पिडिएफ फाइल बनाउने सफ्टवेयर हो। doPDF प्रयोग गरेर तपाईं प्रिन्ट कमाण्ड "छानेर" कुनै पनि एप्लिकेसनबाट सिधै पिडिएफ बनाउन सक्नुहुन्छ। एक क्लिकको भरमा माइक्रोसफ्ट एक्सेल, वर्ड, पावरपोइन्ट वा इमेल र वेबसाइटहरु जस्ता कागजातहरुलाई पनि पिडिएफ फाइलहरुमा परिबर्तन गर्न सक्नुहुन्छ।

परिबर्तन गर्नुहोस पिडिएफ

Portable Document Format को संक्षित रुप नै PDF हो र यसलाई अडोबी ले सजिलोसंग कागजातहरु आदान प्रदान गर्न हेतु बनाएको हो। doPDF यसको नामले सुझाय जस्तै, पिडिएफ फाइल बनाउने निशुल्क रुपमा उपलब्ध सफ्टवेयर हो।

doPDF7.2 भर्चुअल पिडिएफ प्रिन्टरको रुपमा स्वत स्थापित हुन्छ अत सफल स्थापन पछि Printers and Faxesको लिस्टमा तथा All Programs। doPDF प्रयोग गरेर तपाईं दुई किसिमबाट पिडिएफ फाइल सिर्जना गर्न सक्नुहुन्छ:
  1. पिडिएफ छाप्नुहोस भर्चुवल प्रिन्टर ड्राइभर doPDF द्धारा। तपाईं अघिपछि प्रिन्ट गरे झैँ नै प्रिन्ट कमाण्ड दिन सक्नुहुन्छ तर परिणाम भने पिडिएफ आउँछ, न कि छापिएको कागजको टुक्रा।
  2. doPDF स्टार्ट अप विन्डो प्रयोग गरेर। doPDF संग एउटा कार्यान्वयन योग्य फाइल हुन्छ जसलाई हामी स्टार्टअप प्रोग्रामबाट पनि प्रयोग गर्न सक्छौं र यसलाई परिबर्तक-विजार्डको सट्टामा प्रयोग गर्न सकिन्छ।

doPDF संग पिडिएफ फाइल छाप्नुहोस।

Open परिबर्तन गर्न चाहनु भएको कागजात (वर्ड, एक्सेल, पावरपोइन्ट, वर्डप्याड, नोटप्याड वा कुनै पनि छपाई योग्य कागजातह) प्रिन्टरहरुको लिस्टबाट, choose Print अनि select doPDF त्यसपछी तपाईंलाई पिडिएफ फाइल कहाँ सुरक्षित गर्ने भनेर सोधिने छ अनि फाइल बन्ने बित्तिकै तपाईंको डीफल्ट पिडिएफ फाइल पाठकसंग स्वत खुल्नेछ। कति सजिलो छ भनेर त स्क्रिनशटले पनि देखाउँछ पिडिएफ फाइल बनाउनुहोस माइक्रोसफ्ट वर्डबाट (वर्डबाट पिडिएफ):

doPDF संग पिडिएफ फाइल बन्दै

पिडिएफ फाइल बन्दै, doPDF स्टार्ट अप विन्डोको प्रयोग गर्दै

जानुहोस Start->Programs->doPDF अनि परिबर्तन गर्ने विजार्ड चालु गर्न doPDF मा क्लिक गर्नुहोस। आफुले चाहेको फाइल पिडिएफमा लैजान ब्राउजरको प्रयोग गरे फाइल छान्नुहोस। त्यसपछी पिडिएफ फाइलमा रुपान्तरण गर्नCreateमा क्लिक गर्नुहोस। स्क्रिनशटले देखाउँछ कि यसको प्रयोग कति सजिलो छ भनेर (वर्डबाट पिडिएफमा):

 doPDF संग पिडिएफ फाइल बन्दै

doPDF प्रयोग गर्नु पर्ने ९ कारणहरु

  1. यो सरल र छरितो छ - तपाईं कुन फाइल र कहाँ भन्ने कुरा मात्र रोज्नुहोस अनि doPDF ले तुरुन्तै – तपाईंले यो त गजबको रै’छ भन्नु भन्दा पहिले नै, पिडिएफ फाइल तयार गरिसक्छ।
  2. तपाईंको पैसा बचत गर्छ - doPDF व्यक्तिगत एबम ब्यापारिक दुवै प्रयोजनको लागि निशुल्क पिडिएफ फाइल परिबर्तक हो। पिडिएफ फाइल निर्माण गर्न यसको प्रयोग बापत तपाईंलाई एक सुको पनि लाग्दैन (तर हामी तपाईंले स्तरोन्नति गरेको मन पराउछौं) novaPDF)।
  3. ३२ र ६४ बिट सपोर्ट - ३२ र ६४ बिटका विन्डोज संचालन प्रणालीहरुमा उही सेटअपले काम गर्छ।
  4. विश्व्यापी - DOC, XLS, PPT, PUB, DOCX, XLSX, PPTX, PUBX, HTML, TXT, जस्ता कुनै पनि छाप्न योग्य कागजातहरुलाई तपाईं निमेष भरमै पिडिएफ फाइलमा परिबर्तन गर्न सक्नुहुन्छ।
  5. कुनै घोस्टस्क्रिप्ट नचाहिने - यसबाट पिडिएफ बनाउँदा कुनै तेस्रो पक्ष्य GhostScript वा .NET Framework जस्ता प्रोग्रामको आबश्यकता पर्दैन जसको कारणले अरु पिडिएफ निर्माण गर्ने प्रोग्रामको तुलनामा यसको सेटअप फाइल अविश्वसनीय रुपले हल्का हुन्छ।
  6. खोजीयोग्य पिडिएफहरु - निर्मित फाइल भित्रका सामाग्रीहरु पनि खोजी योग्य हुन्छन जसको कारण सर्च इन्जिनहरुले पिडिएफ फाइलका टेक्स्टलाई पनि इंकित गर्दछन।
  7. बहु-भाषिक - doPDF मात्र त्यस्तो निशुल्क पिडिएफ निर्माण कर्ता हो जसको इन्टरफेस हाल सम्म ३३ भन्दा बढी भाषामा उपलब्ध छ अनि ३० भन्दा बढी भाषाहरुमा हाम्रो वेबसाइट उपलब्ध छ। (धन्यबाद अनुवादकहरुलाई).
  8. कम्प्युटरमा कुनै भार नपर्ने - अरु पिडिएफ निर्माण गर्ने सफ्टवेयरको तुलानामा, doPDF ले तपाईंको कम्प्युटरको नाम मात्रको ठाउँ ओगट्छ।
  9. यो ग्रह बचाउने भूमिका निर्वाह - कागजातहरु कागजमा प्रिन्ट गर्नुको सट्टा पिडिएफमा लगेर किन यो धर्तीको केहि रुखहरु न बचाउने?

doPDF को मुख्य बिशेषताहरु

  • पूर्बनिश्चित पृष्ठ आकार - तपाइँ पहिले नै निश्चित गरिएका पृष्ठकारहरुबाट आफुलाई सुहाउँदो छनोट गरि पिडिएफ फाइल बनाउन सक्नुहुन्छ।पहिले नाइँ निश्चित गरिएका पृष्ठ आकारहरु: ए४, ए५, ए६, चिठ्ठी,कानुनी,एक्जेक्युटिभ, खाम, डिएल/सी५/बि५/मोनार्क /#१०
  • घटबड गर्न मिल्ने पृष्ठ आकार - यदि पूर्व निर्धारित पृष्ठ आकारहरु तपाईंलाई सुहाउँदो छैन भने, तपाईं स्वयम नै १० x १० एमएम देखि ३२७६ x ३२७६ एमएम सम्मका कुनैपनि आकारमा पिडिएफ फाइल बनाउन सक्नुहुन्छ।
  • मापक युनिटहरु - यसमा बहुमापक सूचांकहरु समाबेश गरिएकाले तपाईं मिलिमिटर, इन्च, वा बिन्दु जुनसुकैमा कुनै पनि बेला परिबर्तन गर्न सक्नुहुन्छ। तपाईं आफैले गरिरहनु पर्दैन।
  • ग्राफिक्स रेजुल्युसन - तपाईं आफ्ना तस्बिरलाई ७२ देखि २४०० डीपीआइ सम्मको रेज्युलुसनको फाइलमा संरक्षित गर्न सक्नुहुन्छ। यसको डिफल्ट मापन ३०० डीपीआइ रहेको छ। थोरै रेज्युलुसनको मतलब सानो तस्बिर या निम्न र बडी रेज्युलुसनको मतलब उच्च गुणस्तरको तस्बिर भन्ने बुझिन्छ। बडी रेज्युलुसनको तस्बिरको आकार ठूलो हुन्छ, सानोको कम।
  • ग्राफिक्स स्केल -पिडिएफ फाइलको सामग्रीहरुलाई तपाईं, १ देखि ४००% सम्म घटबढ गरि, हेर्न सक्नुहुन्छ।
  • पृष्ट-उन्मुख - पृष्ठ के तिर उन्मुख गराउने भनेर दिक्क मानु पर्दैन। तपाईं सजिलै ल्याण्डस्केप वा पोट्रेटमा, प्रिभ्यू क्षेत्रमा देखिने गरि, संरक्षित गर्न सक्नुहुन्छ।
  • संधै एउटैमा - तपाईं जहाँबाट जुन फाइल खोले पनि उही स्थान वा फोल्डरमा बारम्बार सुरक्षित गर्न सक्नुहुन्छ।
  • संगसंगै आउने फन्टहरुका सबसेटहरु - मूल फाइलमा झैँ फन्टहरु दुरुस्त देखिने निश्चित गर्न डु-पिडिएफले मूल कागजातमा प्रयोग भएका फन्टहरुलाई पिडिएफ फाइलमा नै समेट्छ।
  • पिडीएफ रिडरसंग खोल्नुहोस। - एक चोटी पिडिएफमा परिबर्तन गरिसकेपछि डिफल्ट पिडिएफ रिडरसंग तपाई यसलाई खोल्न सक्नुहुन्छ।

doPDF निशुल्क PDF, निर्माणकर्ता हो, पाठक (reader) होइन। PDF फाइल पढ्नको लागि तपाईंलाई निशुल्क रुपमा उपलब्ध एडोबी रिडर वा सुमात्राको आबश्यकता पर्छ यानी कि doPDF सँग तपाईंले पिडिएफ प्रिन्ट मात्र गर्न सक्नुहुन्छ। अझै बढी, doPDF ले पिडिएफ फाइलहरुलाई अरु भिन्न स्वरुपहरुमा परिबर्तन गर्दैन (उदाहरणार्थ पिडिएफ फाइल वर्ड डकुमेन्टमा रुपान्तरीत हुँदैन) न त यसले पिडिएफ फाइलहरु सम्पादन गर्ने अनुमति नै दिन्छ।